
ब्रिटेनमा एक मोडलले 'डेलिभरी ब्वाई'माथि दुव्र्यवहारको आरोप लगाएकी छन् ।
डेलिभरी ब्वाई उसको घरमा सामान लिएर आएको र उसले अचानक आफ्नो गोप्य अंगमा छोएको र किस खाएको उनले आरोप लगाएकी हुन् ।
मोडलको नाम हन्ना पीटर्स हो ।
ब्रिटेनमा रहने २५ वर्षीया हन्नाले कुरियर कम्पनीका एक डेलिभरी ब्वाईले उसको घरमा कपडाको डेलिभरी गर्न आएको बताएकी छन् ।
सामान दिएर सो व्यक्तिले आफ्नो कामको बारेमा सोध्यो र मेरो सुन्दरताको तारिफ समेत गर्यो, उनले भनेकी छन्,‘तर त्यसै समयमा उसले मेरो प्राइभेट पार्टमा छोयो । मैले आपत्ति जनाउँदा उसले किस गर्यो र गयो ।’
घटनापछि हन्नाले निकै डराएको बताएकी छन् ।
उनले यो घटनाबारे पुलिसमा उजुरी दिएकी छन् ।