२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री देउवाले वाराणसीमा गरे वृद्धाश्रम शिलान्यास

चैत २०, २०७८
प्रधानमन्त्री देउवाले वाराणसीमा गरे वृद्धाश्रम शिलान्यास

भारतको ३ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् ।  

कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । 

नेपाल सरकारले वृद्धाश्रमका निम्ति १ करोड विनियोजन गरेको छ । यद्यपि भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ ।

नेपालबाट तीर्थयात्रामा आउनेका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको हो । भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्सांकनको काम गरिरहेको छ । 

प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आइतवार दिवाभोजको आयोजना गरे । त्यसअघि उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । 

प्रधानमन्त्री देउवा आइतवारै अपराह्न नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । - कृष्ण अधिकारी

salt training

कमेन्ट गर्नुहोस्