२५ जेठ २०८३, सोमबार

नारायणी सामुदायिक हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

नारायणी सामुदायिक हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन.पी.आई नारायणी सामुदायिक हस्पिटल लिमिटेड चितवनबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले एन.पी.आई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

मोबाइल बैकिङ्ग मार्फत ग्राहकले खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्र  गर्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्