१० साउन २०८३, आइतबार

टाटा मोटर्सले नेपालमा ल्यायो एएमसी प्याकेज 'केयरप्लस'

टाटा मोटर्सले नेपालमा ल्यायो एएमसी प्याकेज 'केयरप्लस'

टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रा लिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज 'टाटा मोटर्स केयरप्लस' शुरू गरेको छ  ।

टाटा मोटर्स र सिप्रदीले सधैं आफ्नो उत्पादन बिक्री पछि उत्कृष्ट सेवाहरूको साथमा ग्राहकहरुलाई नयाँ अनुभवलाई प्राथमिकता दिनेगरेको छ ।

केयर प्लस  एक यस्तो मर्मत योजना हो जसले सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिन्छ। 

टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ । 

यद्यपि, केयरप्लस हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध छ । र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यसको सेवा विस्तार गर्ने योजनामा कम्पनीले जनाएको छ ।

केयर प्लसमामा सवारी मर्मत, व्हिल अलाइनमेन्ट र सवारी साधनको धुलाई सहित निर्धारित सेवाहरू समावेश गरिएको छ । जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितिदेखि ३६५ दिनभित्र वा १५,५०० किलोमिटर गुड्नु अगाडि केयरप्लस  खरिद गर्न सक्नेछन्।

केयरप्लस  प्याकेज सिप्रदीका सबै २४ सेवा केन्द्रहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्