०३ साउन २०८३, आइतबार

पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटनको विषयमा सुनुवाइ गर्ने

चैत २०, २०७८
पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटनको विषयमा सुनुवाइ गर्ने

पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बान्दियालले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव रद्द गरिएको तथा राष्ट्रपतिले संसद् भंग गरेको विषयमा स्वयं संज्ञान (सुओ मोटु) लिएका छन् । 

यसअघि संसद्का उपसभामुख कासिम सुरीले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव संविधानको धारा ५ विपरीत रहेको भन्दै खारेज गरेका थिए । 

पाकिस्तान सरकारका महान्यायाधिवक्ता खालिद जावेद खान सर्वोच्च अदालत पुगेको खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्