२७ जेठ २०८३, बुधबार

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट ८८ विद्यार्थी दीक्षित

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट ८८ विद्यार्थी दीक्षित

ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले आइतवार चौथो दीक्षान्त समारोह सम्पन्न गरेको छ । 

पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको संबंधन प्राप्त कलेज हो ।

काठमाण्डौंको होटल एलोफ्टमा आयोजित उक्त दीक्षान्त समारोह काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो दीक्षान्त समारोहमा क्याम्पसका  बी. एससी अनर्स कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इनजीनियरिङ र बिबिए अध्ययन गरेका ८८ विद्यार्थी दीक्षित भएका थिए । 

दीक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि प्रा. डा. थापाले दीक्षित विद्यार्थीहरुलाई बधाई दिँदै उनीहरुको उज्जवल भविष्यका लागि शुभकामना व्यक्त गरे । 

त्यसैगरी क्याम्पसका अध्यक्ष ई. पंकज जालानले अध्यक्षता गर्दै सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको समष्टिगत विकासका लागि सहकार्य गर्नुपर्ने बताए ।

उनले यसको लागि दुवै पक्षको सहकार्यका लागि सरकार नीतिगत रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । 

कलेजका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत मन्तव्य दिएका थिए ।

साथै सो कार्यक्रममा विशेष अतिथीको रुपमा नेपाल ब्रिटेन चम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र खेतानको पनि सहभागीता रहेको थियो । 

नेपाल सरकार, शिक्षा मन्त्रालयले संस्थालाई कलेज सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ साथै संस्थाले त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता पनि प्राप्त गरेको छ । युनिभर्सिटी अफ बेडफोरसायर टाइम्स युके रेंकिङ अनुसार विश्वको ६०० देखि ८०० स्थानको बिचमा पर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्