२२ जेठ २०८३, शुक्रबार

आरजु राइस मिलले सरकारले तोकेभन्दा बढी मूल्यमा धान खरिद गरिदिने

आरजु राइस मिलले सरकारले तोकेभन्दा बढी मूल्यमा धान खरिद गरिदिने

मोरङको डाँगिहाटस्थित आरजु राइस मिलले सरकारले तोकेभन्दा बढी मूल्यमा धान खरिद गरिदिने भएको छ ।

आइतवार विराटनगरमा पत्रकार सम्मेलन गरी मिलले खरिद मूल्य समेत सार्वजनिक गरेको छ ।

नेपाल सरकारबाट स्वीकृत २ जातको धान सरकारी दररेटभन्दा बढी मूल्यमा मिलले खरिद गरिदिने आरजु राइस मिलका महाप्रबन्धक विवेकानन्द झाले बताए ।

तेज गोल्ड र राम धान जातको बिउको सरकारी दररेट २ हजार ९०० छ भने मिलले ३ हजारमा खरिद गर्न लागेको मिलका महाप्रबन्धक झाले बताए । बजारमा बढी मूल्य परेमा त्योभन्दा बढी मूल्यमा खरिद गरिदिने समेत उनले बताए ।

यसवर्ष ११ हजार टन धान खरिद गरिने मिलले जनाएको छ । धान खरिदका लागि किसानसँग मिलले शर्त राखेको छ । धान खेती गर्ने किसानले पहिल्यै मिललाई जानकारी गराएर रोप्नुपर्ने नेपाल कृषि केयर कम्पनीका निर्देशक डा. रामचन्द्र खनालले बताए ।

मिल नेपाल कृषि केयर कम्पनीमार्फत सञ्चालित छ । धान सिधै किसानबाट खरिद गर्ने समेत जनाइएको छ । ‘किसानलाई बैंकमार्फत भुक्तानी गर्ने भएका छौं,’ खनालले भने, ‘त्यसो गर्दा बिचौलियाले चलखेल गर्न पाएन ।’

salt training

कमेन्ट गर्नुहोस्