०६ असार २०८३, शनिबार

क्यारी लामद्वारा हङकङको प्रमुख कार्यकारीमा नदोहिरिने घोषणा

चैत २१, २०७८
क्यारी लामद्वारा हङकङको प्रमुख कार्यकारीमा नदोहिरिने घोषणा

हङकङकी नेतृ क्यारी लामले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेकी छन् । विवादले भरिएको पहिलो कार्यकालको पृष्ठभूमिमा उनले आफू दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नजाने घोषणा गरेकी हुन् । 

उनी हङकङकी प्रमुख कार्यकारी निर्वाचित भएपछि आफ्नो कार्यकालभरी हङकङमा विपक्षी समूहहरूले उनीमाथि विभिन्न आरोप लगाउँदै ठूलो प्रदर्शन भएको थियो । 

६४ वर्षीय लाम सन् २०१७ मा हङकङको नेतृत्वमा आएको मानिन्छ । आफ्नो परिवारलाई समय दिनका लागि दोस्रो कार्यकाल सेवामा नरहने उनले बताएकी हुन् । हालका प्रमुख सचिव जोन लीले लामको स्थान लिने अनुमान गरिएको छ । १५ सयजना रहेको एक कमिटीले हङकङको प्रमुख कार्यकारी चयन गर्ने परम्परा रहेको छ । उनीहरुले आउँदो महिना (मे) मा नयाँ नेता चयन गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्