×

NMB BANK
NIC ASIA

भरतपुरको चुनावी जोडघटाउ

चुनावी तालमेलको 'साँचो' बोकेको भरतपुर : कांग्रेस-माओवादी रस्साकस्सी र एमालेको दाउ

चैत २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तह निर्वाचनमा अघिल्लोपटक (२०७४ मा) जस्तै यसपालि पनि चितवनको भरतपुर महानगरपालिका सर्वाधिक चर्चा र चासोको केन्द्रमा छ ।

Muktinath Bank

त्यतिबेला अप्रत्यासित रूपमा कांग्रेसले नेकपा (माओवादी केन्द्र)की रेणु दाहाललाई सघाएपछि चर्चामा आएको भरतपुर यसपालि समेत गठबन्धनकै कारण चर्चामा रहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को गृहनगर भएकाले पनि भरतपुरलाई बढी चासोका साथ हेरिएको छ । भरतपुरकी बहालवाला मेयर रेणु दाहाल प्रचण्डकै छोरी हुन् ।


Advertisment
Nabil box
Kumari

सत्ता गठबन्धन सहयात्री नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलको गृहकार्य अगाडि बढिसक्दा भरतपुरका विषयमा निर्णय लिन निकै सकस पर्ने देखिएको छ ।

Vianet communication
Laxmi Bank

कांग्रेस सभापति शेरबहादुर देउवा भरतपुरका विषयमा खुला रहे पनि पार्टीभित्र उनीमाथि तीव्र दबाब छ । अर्कातर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि भरतपुर महानगर कुनै पनि हालतमा आफूहरूले पाउनुपर्ने अडानमा छन् । एक हिसाबले कांग्रेस-माओवादी चुनावी तालमेलको 'साँचो' नै भरतपुर महानगरपालिकामा अड्किएको  अवस्था छ ।

त्यसो त दुवै दलका जिल्ला कमिटी तालमेलको पक्षमै छन् । सोमवार गठबन्धनको चुनावी संयन्त्रको बैठक नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेर जिल्लाभर चुनावी तालमेल गर्ने निर्णय भएको छ । तर, भरतपुरका सबालमा दुवै दलले दाबी छाडेका छैनन् ।

भरतपुर कांग्रेस-माओवादी दुवैको बटमलाइन!

भरतपुरलाई चितवन कांग्रेस र (माओवादी केन्द्र) दुवैले बटमलाइन बनाएका छन् । यी दुई दलबीच चुनावी तालमेलको 'इपिसेन्टर' नै भरतपुर बनेको छ ।

हाल महानगरको नेतृत्व सम्हालिरहेको दल नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक आरसी अधिकारी भरतपुर महानगरपालिका आफूहरूका लागि प्रतिष्ठाको विषय भएको बताउँछन् ।

'भरतपुर हाम्रा लागि प्रतिष्ठाको विषय हो । हामीले शुरूआत गरेको विकासको कामलाई पूर्णता दिने विषय पनि यससँग जोडिएको छ,' अधिकारीले भने, 'भरतपुरका सन्दर्भमा सहमति भएपछि बाँकी कुरामा छलफल गर्न हामी खुला छौं ।'

चितवनमा ५० वर्षयताकै सबैभन्दा तीव्र विकास भएको दाबी उनले गरे । देशभरीबाट उत्कृष्ट ठहरिएका ५ स्थानीय तहमध्ये ३ वटामा माओवादीको नेतृत्व रहेको अधिकारीको जिकिर छ ।

'भरतपुरमा हामीले ४२ अर्ब विकास खर्च गरेका छौं । पछिल्लो समय ५ अर्बको त तटबन्धन कार्यक्रम नै शुरू भएको छ । ५० वर्षयता यति ठूला पूर्वाधारका काम यहाँ (चितवनमा) भएकै थिएनन्, यी कामहरूको पूर्णताका लागि पनि हामीले भरतपुर महानगरको मेयरमा पुन: दाबी गरेका हौं,' अधिकारीले लोकान्तरसँग भने ।

उनले चुनावी तालेमलका विषयमा केन्द्रीय नेतृत्व र जिल्लाको स्प्रिटमा खासै भिन्नता नरहेको बताए । 'कांग्रेसमा पनि केन्द्र र यहाँको स्प्रिट एउटै छ । तालमेल गर्ने भन्ने कुरामा कुनै विवाद छैन,' अधिकारीले भने ।

यता नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पनि भरतपुर महानगरको मेयरमा आफूहरूले कुनैपनि हालतमा दाबी नछाड्ने जिकिर गरे ।

'नेपाली कांग्रेस चितवनले निर्णय गरिसकेको छ– केन्द्रको निर्णयानुसार जिल्लाका सातै स्थानीय तहमा तालमेल गर्ने तर भरतपुर महानगरपालिकाको मेयर नछाड्ने,' खनालले लोकान्तरसँग भने, 'हामीले पार्टीको केन्द्रीय नेतृत्वलाई पनि आफ्नो कुरा स्पष्टसँग भनिसकेका छौं ।'

अघिल्लोपटक माओवादीलाई सघाएकाले यसपालि आफूहरूलाई सघाउनुपर्ने उनको दाबी छ ।

'अघिल्लोपटक माओवादीलाई सघाएकाले यसपटक हाम्रो दाबी स्वाभाविक हो,' खनालले भने, 'त्यतिबेला माओवादीलाई भोट हालिसकेपछि ३/४ महिनामा नै उहाँहरू एमालेसँग मिल्न जानुभयो । त्यो कुराले कांग्रेसका मतदातामा जुन पीडा भयो, उहाँहरूप्रति जुन नकारात्मक धारणा बन्यो त्यसलाई मेट्न पनि महानगरको मेयरमा यसपालि हामीलाई सघाउनुपर्छ ।'

महानगरमा माओवादीले कांग्रेसलाई सघाएमा बाँकी विषयमा खुला छलफल गर्न तयार रहेको उनले बताए । 'हिजो मेरै नेतृत्वमा गठबन्धनको बैठक बसेर चुनावी तालमेल गरेर जाने निर्णय गरेका छौं । यो शुरूआत मात्र हो, धेरै छलफल बाँकी छ । महानगरमा उहाँहरू (माओवादी)ले हामीलाई सघाएपछि बाँकी कुरामा छलफल गर्न तयार छौं,' उनले भने ।

महानगरको नेतृत्व कांग्रेसले पाएपछि आसन्न प्रतिनिधि सभा निर्वाचनमा भने माओवादीलाई सघाउन सकारात्मक रहेको उनको संकेत छ ।

भरतपुर महानगरपालिका कांग्रेसको बटमलाइन नै भएको बताउँदै खनालले अन्यथा एक्लाएक्लै चुनावमा जाने अवस्था आउने बताए ।

माओवादीमा रेणुको एकल दाबेदारी,कांग्रेसमा एकभन्दा बढी आकांक्षी

चुनावी तालमेलको विषय नटुंगिए पनि कांग्रेस र माओवादी दुवैले प्रचार–प्रसारसहित तयारीका काम भने अगाडि बढाइसकेका छन् ।

माओवादीमा मेयर रेणु दाहाल नै भावी उम्मेदवारका लागि एक्लो दाबेदार देखिएकी छिन् ।

अध्यक्ष प्रचण्डले आफ्नो गृह जिल्ला र चुनावी क्षेत्रको राजनीति बलियो बनाउनका लागि नै रेणुलाई भरतपुर लगेका थिए ।

रेणु मेयरको उम्मेदवारमा दोहोरिँदा पार्टीभित्र खासै विवाद हुने देखिन्न ।

यता नेपाली कांग्रेसमा भने एकभन्दा बढी आकांक्षी छन् ।

कांग्रेसबाट केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइराला तथा पार्टीका जिल्ला पूर्व कोषाध्यक्ष शंकर कंडेल लगायतले दाबी प्रस्तुत गरेका छन् ।

कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका गुरुङ कार्यकर्तामा भिजेका नेता हुन् । उनले यसपटक मेयरमा उम्मेदवारी दिनेगरी पार्टीभित्र लबिङ तीव्र बनाएका छन् ।

सोही आकांक्षाका कारण भरतपुर महानगरपालिकाको नेतृत्व जसरी पनि कांग्रेसले पाउनुपर्ने दाबी गुरुङले गर्दै आएका छन् ।

कांग्रेसबाट मेयरका अर्का आकांक्षी हुन्, केन्द्रीय सदस्य दिनेश कोइराला ।

अघिल्लोपटक पार्टीले उनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेपछि अन्तिम समयमा आएर माओवादीसँग तालमेल गरिएको थियो ।

अघिल्लोपटक टिकट खोसिएकाले पनि यसपटक आफ्नो दाबी स्वाभाविक रहेको उनको तर्क छ ।

२०७४ मा जस्तै माओवादीलाई सघाउनुपर्ने हो कि भन्ने त्रासका कारण उनले भरतपुरका सम्बन्धमा अप्रिय निर्णय नलिन पार्टी नेतृत्वलाई निरन्तर दबाब दिँदै आएका छन् ।

कांग्रेसबाट मेयरका अर्का आकांक्षी शंकर कंडेल पार्टीका पूर्व जिल्ला कोषाध्यक्ष हुन् । उनले पनि पार्टीभित्र टिकटका लागि लबिङ तीव्र पारेका छन् ।

अघिल्लोपटकको पीडा बिर्साउने रणनीतिमा एमाले

२०७४ को स्थानीय निर्वाचनमा एमाले उम्मेदवार देवी ज्ञवालीले कांग्रेसको सहयोगमा उम्मेदवारी दिएकी माओवादीकी रेणु दाहाललाई एक्लै कडा टक्कर दिएका थिए ।

त्यतिबेला गणनाका क्रममा मतपत्र नच्यातिएको भए आफूहरूको जीत सुनिश्चित रहेको दाबी एमाले नेता/कार्यकर्ताले गर्ने गरेका छन् ।

भरतपुर – १९ को मतगणना जारी रहँदा मतपत्र च्यातिएको थियो । २९ मध्ये २७ वडाको मतगणना सकिएको थियो । १९ नम्बरको गणना जारी रहँदा  ज्ञवाली ७ सय ३३ मतले अगाडि थिए ।

तुलनात्मक रूपमा कांग्रेस बलियो मानिएको भरतपुर– १९ मा माओवादीलाई अपेक्षित मत नआएपछि नियोजित रूपमा मतपत्र च्यातेको आरोप एमाले नेताहरूको छ । उक्त घटनापछि भरतपुर– १९ मा पुन: मतदान गरियो । त्यतिबेला रेणु दाहालले बाजी मारिन् ।

एमालेबाट मेयरको उम्मेदवारका रूपमा यसपटक पनि ज्ञवालीको नाम चर्चामा छ । हाल एमाले पोलिटब्युरो सदस्य रहेका ज्ञवाली चितवन जिल्ला इञ्चार्ज समेत हुन् ।

ज्ञवाली केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष समेत रहेका थिए ।

ज्ञवालीका अलावा एमालेका बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीको नाम पनि भावी उम्मेदवारका रूपमा चर्चामा छ ।

चितवन २ (ख)बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य सुवेदी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा झण्डै २ महिनाका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेका थिए ।

एमालेबाट उम्मेदवारका रूपमा चर्चामा रहेको अर्को नाम हो, कृष्णभक्त पोखरेल ।

चितवन २ बाट निर्वाचित सांसद पोखरेल प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समिति सभापति छन् । उनी एमाले चितवनका पूर्व अध्यक्ष समेत हुन् ।

एक्लै जित्न सक्षम छौं– रामप्रसाद न्यौपाने,अध्यक्ष,एमाले चितवन

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने स्थानीय चुनाव जनविरोधी गठबन्धन र जनपक्षीय शक्तिबीचको लडाईं भएकाले आफूहरू विजयी हुने दाबी गर्छन् ।

'संवैधानिक अधिकारका विरुद्ध जसरी गठबन्धन बनेको छ, यिनीहरूको एउटै मिसन एमालेलाई हराउने भन्ने देखिन्छ, एमालेलाई एक्लै हराउन सकिन्न भनेर गठबन्धन बनाएका छन्,' न्यौपानेले भने, 'जुन ध्रुवीकरण भएको छ, यो ठीक भएको छ । यिनीहरूप्रति जनतामा रहेको भ्रम तोडिएको छ । हामी एक्लै चुनाव जित्न सक्षम छौं ।'

एमालेले स्थानीय चुनावमा एक्लै होमिने गरी प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ ।

'हामीले पहिलो चरणको घरदैलो सम्पन्न गरिसकेका छौं । यही चुनावकै सिलसिलामा १ हजारभन्दा बढी टोल कमिटी गठन गरेका छौं । अब उम्मेदवार चयनको प्रक्रिया शुरू भएको छ । लगत्तै दोस्रो चरणको घरदैलो गर्छौं,' न्यौपानेले भने ।

विकास र समृद्धिको अभियान तथा समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर घरदैलोमा पुग्दा जनताको उत्साहजनक प्रतिक्रिया पाएको उनले बताए ।

भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार चयनका विषयमा पनि एमालेमा खासै विवाद देखिएको छैन । 'हामीसँग एकसय एक नेता हुनुहुन्छ । कमरेड देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, पार्वती रावल जस्ता नेताहरू हुनुहुन्छ । जो उम्मेदवार बने पनि एकमतका साथ बन्नुहुन्छ,' न्यौपानेले भने ।

अन्य कुनै दलसँग चुनावी तालमेलको छलफल नभएको भन्दै उनले स्थानीय आवश्यकताका आधारमा राष्ट्रवादी शक्तिहरूको साथ लिन एमाले तयार रहेको बताए ।

राप्रपासँगको सम्भावित चुनावी तालमेलका सन्दर्भमा न्यौपानेले भने, 'हामीले तालमेलकै लागि भनेर कसैसँग छलफल गरेका छैनौं । सिंगल प्रतिस्पर्धा गर्नेगरी नै तयारी अगाडि बढाएका छौं । तर स्थानीय आवश्यकताका आधारमा कुनै पनि राष्ट्रवादी शक्तिको सहयोग लिन एमाले तयार छ ।'

अघिल्लो चुनावको नतिजा

वि.सं. २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसको सहयोगमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत पाएका थिए । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्रिनाथ तिमिल्सिनाले ६ हजार ८ सय ४२ मत पाएका थिए । तिमिल्सिना हाल माओवादीमा छन् ।

मेयरमा कुल १४ जना उम्मेदवार बन्दा अन्यले भने ४ अंकमा मत प्राप्त गर्न सकेका थिएनन् ।

हेर्नुहोस्,अध्यक्षका उम्मेदवारहरूले त्यतिबेला पाएको मत:

यसपटक भरतपुरमा अघिल्लो स्थानीय निर्वाचन भन्दा झण्डै ३५ हजार मतदाता थपिएका छन् । थपिएका मतदाताले निर्वाचन परिणाममा निकै फरक पार्ने देखिन्छ । नयाँ मतदाताको रुझान कतातर्फ जान्छ भन्ने अहिल्यै अनुमान लगाउन कठिन छ ।

कांग्रेस र एमाले दुवैले एकअर्कालाई प्रमुख प्रतिस्पर्धी मानेका छन् । माओवादी केन्द्रले पनि ५ वर्षसम्म गरेको काम हेरेर यसपालि मतदाताले आफूहरूलाई रोज्ने दाबी गर्दै आएको छ ।

भरतपुरको चुनावी नतिजा के हुन्छ भन्ने कुरामा सबैभन्दा धेरै अर्थ कांग्रेस–माओवादी तालमेल कसरी हुन्छ भन्ने कुराले राख्छ ।

कांग्रेस र माओवादी मिलेर गएको खण्डमा समेत आफूहरूले कडा टक्कर दिने एमाले नेताहरूको दाबी छ ।

अघिल्लोपटक कांग्रेस र माओवादी तालमेल हुँदा व्यहोरेको झिनो हारलाई उल्ट्याउन सकिनेमा एमाले नेताहरू आत्मविश्वासी देखिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x