
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नया बर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ‘ह्याप्पी न्यु कार’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस,१ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट पाउनेछन् ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरूमा लागू हुनेछ ।
सुजुकीका विभिन्न मोडेलहरूका कारहरू बमोजिम फरक फरक हिसाबका छुटहरू लागू हुनेछन् ।
सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू विक्री वितरण गर्दै आएको छ ।
यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।