३० असार २०८३, मंगलबार

राष्ट्रपति भण्डारीबाट ५ अध्यादेश जारी

राष्ट्रपति भण्डारीबाट ५ अध्यादेश जारी
फाइल फोटो

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ अध्यादेश जारी भएका छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश जारी भएको जनाएका छन् ।

विज्ञप्तिअनुसार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ जारी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्