०१ साउन २०८३, शुक्रबार

बारको अध्यक्षमा घिमिरेको अग्रता

बारको अध्यक्षमा घिमिरेको अग्रता

नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् ।

घिमिरेले हालसम्म गणना भएको मध्ये ७७७ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ३७२ मत प्राप्त गरेका छन् ।

नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म ११ केन्द्रको मतगणना सम्पन्न भएको छ । तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगडी र सिरहाको मतगणना सम्पन्न भएको हो । सर्वोच्च अदालत बार एशोसिएशनको ३०० मत गणना भएको छ भने ललितपुर बार एशोसिएशनको १५० मत गणना भएको छ ।

    हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ । महासचिवमा हालसम्म अन्जिता खनालले ६९७ र केदारप्रसाद कोइरालाले ४४३ मत प्राप्त गरेका छद्द् । कोषाध्यक्षमा भरतबहादुर राउतले  ७५३ र जगतबहादुर कार्कीले ३९२ मत प्राप्त गरेका छन्।

    प्रमुख निर्वाचन अधिृकत पाठकका अनुसार बुधबार बिहान ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिने तथा पूर्णरुपमा नजिता भने शुक्रबार मात्र आउने छ । बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि  भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीनहजार ५०० मतदाता रहेका थिए ।  सात हजार ४२९ मत मात्र खसेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्