१० असार २०८३, बुधबार

नियुक्त भएको एक दिनपनि नबित्दै श्रीलंकाका अर्थमन्त्रीले गरे राजीनामाको घोषणा

चैत २३, २०७८
नियुक्त भएको एक दिनपनि नबित्दै श्रीलंकाका अर्थमन्त्रीले गरे राजीनामाको घोषणा

श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले एकै दिनमा राजीनामा दिएका छन् ।

सोमबार बेलका अर्थमन्त्रीमा नियुक्त भएका अलि सार्बीले २४ घण्टा पनि पूरा नहुदै बुधबार बिहान राजीनामा दिएका हुन् ।

सोमबार उनीसँगै अरू तीन गरी चार मन्त्रीले शपथग्रहण गरेका थिए । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोताबाया राजापाक्षले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

अहिलको संसदभन्दा बाहिरका व्यक्ति सहभागी भएर स्वतन्त्र व्यक्तिको अन्तरिम सरकार बनाउन पनि माग राख्ने उनले राजीनामा दिएका हुन् । त्यसका लागि संसद् सदस्य भएकालाई संसद सदस्यबाट राजीनामा गराएर भए पनि जिम्मेवारी दिन सकिने उनको भनाइ छ ।

देशको अर्थतन्त्र चरम संकटमा पछि अभाव र समस्या सिर्जना भएको भन्दै नागरिक आन्दोलित भएका छन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्