०८ साउन २०८३, शुक्रबार

पाल्पाको रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने

पाल्पाको रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने
फाइल फोटो

पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ । 

प्रतियोगिता चैत २४–२६ गतेसम्म सञ्चालन हुने छ । 

प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिए । करीब ३० लाख रुपैयाँको लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताका विजेताले १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले ५० हजार तथा उत्कृष्ट खेलाडीले २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

ऐतिहासिक पर्यटकीयस्थल रानीमहलको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले कालीगण्डकी नदी किनारमा खेलको आयोजना गरिएको मास्केले बताए । प्रतिष्ठानले १ दशकदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ । 

सम्पूर्ण खेलाडीको २ लाख रुपैयाँ बराबरको बीमा समेत आयोजकले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्