०८ असार २०८३, सोमबार

चिकित्सा शास्त्रको प्रवेश परीक्षामा टपर भए सुजल पौडेल

चिकित्सा शास्त्रको प्रवेश परीक्षामा टपर भए सुजल पौडेल

नेपाल चिकित्सा आयोगले चिकित्सा शास्त्रतर्फ लिएको प्रवेश परीक्षामा सुजल पौडेलले सर्वोत्कृष्ट भएका छन् । 

काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका पौडेलले १८०.७५ अंक ल्याएर पहिलो र्‍यांकमा पर्न सफल भएका हुन् । उनी स्याङ्जाका हुन् । 

त्यस्तै १८० अंक ल्याएर निशान्त न्यौपाने दोस्रो, १७९ अंक ल्याएर अभय आचार्य, १७८.२५ ल्याएर गुञ्जन झा चौथो भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्