०५ साउन २०८३, मंगलबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन क्रान्तिकारीको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन क्रान्तिकारीको माग
प्रतिकात्मक तस्वीर

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । 

नेपाल आयल निगमले मंगलवार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेपछि क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत मूल्यवृद्धि फिर्ताको माग गरेका हुन् । 

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ ।

खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर १ हजार ६०० रुपैयाँ प्रतिसिलिन्डर पुर्‍याएको छ । 

salt training

कमेन्ट गर्नुहोस्