
काठमाडौं महानगरपालिका-२७, ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीया गुन्जन तामाङलाई सोमवार प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा सोमवार बिहान साढे ५ बजे सुनको सिक्री लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका-२ उत्तरगेटबाट उक्त सुनको सिक्रीसहित फेला पारी पक्राउ गरेको हो ।
उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।