२७ असार २०८३, शनिबार

गठबन्धनको विरोधमा ओलीले सुनाए चिडियाखानाको गधाको किस्सा

गठबन्धनको विरोधमा ओलीले सुनाए चिडियाखानाको गधाको किस्सा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई चिडियाखानाको गधासँग तुलना गर्दै किस्सा सुनाएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार चोभारमा शिलान्यास गरेको सुख्खा बन्दरगाह शिलान्यासका क्रममा कांग्रेसले अवरोध गरेको स्मरण गर्दै ओलीले चिडियाखानाको गधाको किस्सा सुनाएका हुन् । 

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका दलहरू शिलान्यासको बेला विरोध गर्ने र उद्घाटन गर्ने बेलामा मात्र महत्त्व बुझ्ने गरेको बताएका हुन् । 

गठबन्धनको विरोधमा ओलीले सुनाए यस्तो किस्सा

मान्छेहरू चिडियाखानामा गएछन्, चिडियाखाना हेर्न । चिडियाखानामा जनावरको सरसल्लाह भइरहेको हुँदो हो, सबै जनावर हाँस्दा रहेछन् । त्यहाँ रहेको एउटा गधा चुप्प लागेर बसेको रहेछ । तिनै मान्छेहरू भोलि या पर्सिपल्ट फेरि चिडियाखाना गएछन्, गधा एक्लै मरिमरि हाँसेको । अरू जनावर हिजै कुरो बुझे हिजै हाँसे, गधाले आज कुरो बुझेछ र हाँसेको रहेछ । 

‘गठबन्धनका दलहरू शिलान्यास गर्ने बेलामा विरोध गर्छन्, उद्घाटन गर्ने बेलामा कुरा बुझ्छन् । आज कुरा गर्दा चुप लाग्छन्, भोलि खितिति हाँस्छन्,’ गठबन्धनप्रति आरोपित गर्दै ओलीले भने । 

ओलीले एमाले अहिले केही समयका लागि प्रतिपक्षमा रहे पनि चुनावपछि फेरि सरकारको नेतृत्व गर्ने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्