
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर गम्भीर बिरामी भएपछि रुपन्देहीको भैरहवाबाट काठमाडौं लगिएको छ ।
पार्टीको कार्यक्रमका लागि मंगलवार परासीबाट भैरहवा आइपुगेका अध्यक्ष ठाकुर बिहान ८ बजे अचानक अस्वस्थ भएका थिए । उनलाई तत्कालै भैरहवास्थित भीम अस्पताल पुर्याइएको थियो ।
अस्पतालका डा. सिद्धार्थ पाण्डेले अध्यक्ष ठाकुरलाई अस्पताल ल्याएको पुष्टि गर्दै हल्का निमोनिया देखिएको र अक्सिजन लेभलसमेत कम भएको बताए ।
अक्सिजन लेभल कम देखिएपछि काठमाडौं रेफर गरिएको उनको भनाइ छ ।
रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलेले हेलिकोप्टरमार्फत् ठाकुरलाई काठमाडौं लगिएको लोकान्तरलाई बताए ।