
धनुषामा गोली प्रहारबाट एक १८ वर्षीय युवकको हत्या गरिएको छ ।
हंसपुर नगरपालिका-७ का विजय महराको गोली र चक्कु प्रहार गरेर हत्या गरिएको हो ।
महराको शव घर नजिकैको गहुँ खेतमा बुधवार दिउँसो फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार महराको निधारमा गोली प्रहार गरेको जस्तो खत देखिएको छ । साथै पछाडि ढाडमा चक्कु प्रहार गरिएको घाउ देखिएको उनले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।