३१ जेठ २०८३, आइतबार

निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको जोड

निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको जोड

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् । 

निर्वाचन आयोग नेपालद्वारा बुधवार मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिएका हुन् । 

उनले स्थानीय तहको निर्वाचनका लागि आयोगले संविधान र कानूनअनुसार सबै प्रक्रिया अगाडि बढाएको बताउँदै निर्वाचन निर्देशिका एवं स्वघोषणाले उम्मेदवारलाई जिम्मेवार बनाएको धारणा राखे । 

उनले आयोगले निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा संयन्त्र निर्माण गरी अनुगमन गर्ने जानकारी पनि दिए । उनले १० हजार २०० मतदानस्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताए । 

प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले निर्वाचनलाई उत्सवका रूपमा लिई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिए । 

प्रशिक्षण कार्यक्रममा प्रदेश १ को खोटाङ, ओखलढुंगा र सोलुबाहेक ११ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत गरी १२० जनाको सहभागिता छ ।

salt training

कमेन्ट गर्नुहोस्