
शेयर बजार मापक सूचक (नेप्से) बुधवार ३०.२४ अंकले बढेको छ । आज नेप्से परिसूचक १.२७ प्रतिशतले बढेर २४१५.२४ बिन्दुमा पुगेको छ ।
बुधवार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयरको २८ हजार ९४५ पटक कारोबार भएको छ । यसबाट एक अर्ब ४७ करोड रूपैयाँको कारोबार भएको छ ।
आज बजार बढ्दा सबैभन्दा बढी कमाउनेमा भने नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ । यसको शेयर मूल्य आज १० प्रतिशतले बढेर यसको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज कमाउने ५ कम्पनीमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाले ८.९८ प्रतिशत, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ७.१९ प्रतिशतले, महिला लघुवित्त वित्तीय संस्थाले ६.४९ प्रतिशत र स्वावलम्बन लघुवित्तले ६.३० प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज बढी गुमाउनेमा कम्पनीहरूमा युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावरको २.०८ प्रतिशत, नयाँ सारथि लघुवित्त वित्तीय सस्थाको १.९० प्रतिशतले, शिवश्री हाइड्रोपावरको १.३३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बुधवार सबैभन्दा धेरै शेयर रकमको कारोवार गर्ने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । यसको शेयर मूल्य ९ अंकले घटेको भए पनि यसको किनबेच बढी भएका कारण एकैदिन ८ करोड ४३ लाखको कारोबार भएको हो ।