०६ असार २०८३, शनिबार

अमेरिकाले अबदेखि अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन : ट्रम्प

कात्तिक २०, २०७४
अमेरिकाले अबदेखि अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन : ट्रम्प

काठमाडौं, २२ मंसिर — अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकाको नयाँ सैन्य नीति सार्वजनिक गरेका छन् । नयाँ नीति अनुसार अमेरिकाले अन्य देशमा हस्तक्षेप गर्नेछैन र आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) लाई हराउनमा पूरै जोड दिनेछ ।

trump-111

‘हामीहरू आफूले थाहै नपाएको र चासो नभएको विदेशी सरकारलाई गिराउने काममा लाग्ने छैनौं,’ बुधवार बिहान नर्थ क्यारोलाइनाको फायेतभिलमा बोल्दै भने, ‘यसको साटो हामीले आतंकवादका परास्त गर्न र आइएसलाई ध्वस्त पार्नतर्फ ध्यान दिनुपर्छ र हामी यसो गर्न सक्छौं ।’

ट्रम्पले यस्तो बयान राष्ट्रपति ओबामाको भाषणको केही घन्टापछि दिएका थिए । ओबामाको यो भाषण उनको राष्ट्रपतित्वको सुरक्षासम्बन्धी अन्तिम भाषणका रूपमा हेरिएको थियो ।

फ्लोरिडामा बोल्दै ओबामाले ट्रम्पको नाम नलिइकन जथाभावी बोलेरभन्दा विचार पु-याएर आतंकवादविरुद्धको युद्ध लड्नुपर्ने बताए ।

द गार्डियन

salt training

कमेन्ट गर्नुहोस्