×

NMB BANK
NIC ASIA

नयाँ वर्षको शुभकामना दिँदै खिलराजले भने– अर्थतन्त्र सम्हाल्दै राजनीतिक स्थायित्वतर्फ लागौं

चैत ३०, २०७८

NTC
Premier Steels

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले भोलिदेखि शुरू हुन लागेको नयाँ वर्ष २०७९ साल राजनीतिक स्थिरतासहित सबल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

Muktinath Bank

उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आचारसंहिताको परिपालना र निर्वाचनलाई कम खर्चिलो बनाई स्वच्छ र निष्पक्ष बनाउनु पर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ वर्ष २०७९ को शुभकामना दिँदै रेग्मीले प्रत्यक्ष प्रजातन्त्रको प्रारूप मानिने स्थानीय निर्वाचनमा राजनीतिक दलहरूले योग्य र राम्रा मान्छे उमेदवार छान्ने विश्वास व्यक्त गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘यो वर्ष निर्वाचन वर्षको रूपमा आउँदैछ । पहिलो निर्वाचन स्थानीय पालिकहरूको छ– वैशाख ३० गते । राजनीति जनताकै बलमा जनताकै लागि गरिने हो । स्थानीय निर्वाचनलाई प्रत्यक्ष प्रजातन्त्रको प्रारूप पनि मान्न सकिन्छ । राजनीतिक दलहरूले हाम्रा मान्छे होइन योग्य र राम्रा मान्छे उमेदवार छान्ने र प्रत्यक्ष देखेभोगेका जनताले पनि निष्कलंक, कर्मशील एवं जनताको सुख दुःखप्रति प्रतिबद्ध व्यक्ति छान्न सके गाउँकै विकास र भलाइ हुन्छ भन्ने कुरा अब पनि नबुझे कहिले बुझ्ने ?’ रेग्मीले शुभकामना सन्देशमा भनेका छन्, ‘अनि पछि परिणाम राम्रो खोज्ने, गुनासो गर्ने ठाउँ कहाँ पो रहन्छ र आफैं चुकेपछि । वस्तुतः आचारसंहिताको परिपालना र निर्वाचनलाई कम खर्चिलो बनाइ स्वच्छ र निष्पक्ष बनाउनु आजको आवश्यकता हो ।’

Vianet communication

पूर्वअध्यक्ष रेग्मीले अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले बढी सन्तुलित एवं विश्वसनीय सबल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । ‘सकारात्मक सोच र दृढ इच्छाशक्तिका साथ विगतका कमी कमजोरीको समीक्षा गर्दै बिग्रँदो अर्थतन्त्रलाई बेलैमा सम्हाल्दै राजनीतिक दलहरू, नेतृत्व तहका व्यक्तिहरू र नेपाली मात्रले यो २०७९ सालमा राजनीतिक रूपले स्थिर र सबल, विकास र समृद्धिका सही नीति र कार्यदिशा अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले बढी सन्तुलित एवं विश्वसनीय बनाई स्वस्थ एवं सबल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्न सफल होऔं भन्ने कामना गर्दछु,’ रेग्मीले भनेका छन् । 

२०७० सालमा संविधानसभाको सफल चुनाव गर्ने सरकारको नेतृत्व गरेका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य हुनुपर्ने बताएका छन् ।

‘तर हामी त्यसतर्फ कति केन्द्रित भयौं समिक्षा गर्नुपर्ने आवश्यकता छ । खेतबारी बाँझो राखेर विदेशी श्रम बजारमा नौजवान पाखुराहरू पठाएर दिगो विकास र समृद्धि कसरी आउला र ?’ शुभकामना मन्तव्यमा रेग्मीले भनेका छन्, ‘विप्रेषणले आयातमुखी अर्थतन्त्र र उपभोक्तावादी संस्कृतिलाई बढावा दिने हो । उत्पादकत्व वृद्धि र रोजगारीमूलक आर्थिक विकासका गतिविधि निर्माण नगरेसम्म सेवा र सुविधाको नाममा वितरणमुखी बजेटको प्रवृत्ति र नीति रहेसम्म ऋण र अनुदानले आत्मनिर्भर होइन परमुखापेक्षी नै बनाउने हो ।’

पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मीले राजनैतिक रूपले असंगतिपूर्ण अवस्थामा पुग्दा कार्यपालिका, न्यायपालिका र संसद् लगायत धेरै क्षेत्र लथालिंग अवस्थाउन्मुख रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x