०६ साउन २०८३, बुधबार

घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने कांग्रेसको निर्णय

घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने कांग्रेसको निर्णय

सत्तारुढ नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रिय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर सो घोषणा पत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो । पार्टी महामन्त्री गगनकुमार थापाले बैठकमा पेश गरेको सो मस्यौदामा केन्द्रिय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

 त्यसैगरी बैठकले बन्द सूचीमा नाम रहेकाहरुलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्द्रिय कार्य समितिलाई अनुमति पनि दिएको छ । बैठकमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका बारेमा भएको सहमतिबारे पनि बैठकमा जानकारी गराइएको पार्टीका प्रवक्ता महतले बताए । 

salt training

कमेन्ट गर्नुहोस्