
माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर पारी ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुवात गरेको छ ।
बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको बैंकले ग्राहकलाई मध्यनजर गर्दै बैंकले यसअघि सिमित अवधिका लागि संचालन गरिरहेकोे सेवा हरेक दिन २४ सै घण्टा संचालन गर्ने व्यवस्था मिलाएको हो ।
ग्राहक सेवा केन्द्रले ग्राहकवर्गलाई परेको समस्याको समाधान बैंकको औपचारिक सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत सुविधा दिँदै आइरहेको छ ।
बैंकको गुणस्तरीय सेवा विस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्ने बैंकले जनाएको छ ।
ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । जसबाट ग्राहकहरुले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरूको जानकारीका लागि बैँकसम्म पुग्न सहज हुने बैंकको भनाइ छ ।