०८ साउन २०८३, शुक्रबार

यसकारण बढ्यो जाडो

कात्तिक २०, २०७४
यसकारण बढ्यो जाडो


काठमाडौँ, पुस १९ - पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकादेखि उत्तर र पूर्वी क्षेत्रमा सोमबार हिमपात र वर्षा भएको छ ।snow
काठमाडौँ उपत्यकामा यो हिउँदमा हालसम्मकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको, आजको गोरखापत्र दैनिकमा खबर छ । सोमबार उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस रेकर्ड गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार ४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले दिएको जानकारीअनुसार पश्चिमी वायुको प्रभाव पश्चिम नेपालका तराई र पहाडी क्षेत्रमा त्यति नदेखिए पनि पश्चिमका उच्च हिमाली क्षेत्र, उपत्यका र पूर्वी नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा बदली भइरहेको छ ।
पश्चिम नेपालका हिमाली जिल्ला दार्चुला, बझाङ, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, गोरखाको उत्तरी भेग, रसुवा, दोलखा, सोलुखुम्बु, ताप्लेजुङ लगायत जिल्लामा हिमपात भएको छ भने काठमाडौँ उपत्यका र जुम्लामा सामान्य वर्षा भएको विभागले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव यो हिउँदमा दोस्रो पटक हो । डिसेम्बर २५ तारेखमा विकसित भएर नेपाली आकाशमा पहिलो पटक प्रवेश गरेको पश्चिमी वायुले सुदूर पश्चिमका केही क्षेत्रमा पानी पारेको थियो भने डिसेम्बर ३१ तारेखमा प्रवेश गरेको दोस्रो पटकको वायुको प्रभाव मङ्गलबार (आज) बाट उपत्यका वरपर बिस्तारै हटे पनि सुदूर पूर्वी क्षेत्रमा भने केही दिनसम्म अझै रहन सक्ने विभागका महानिर्देशक डा. शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्