
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाले बन्दी रिहाइको माग राख्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
नेता बाँस्तोलाले नयाँ वर्षको शुभकामनासहित प्रचण्डपत्नी सीता दाहाललाई भेटेका छन् ।
उनले फेसबूकमा लेखेका छन्, ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल । लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसँग भेट र सुस्वास्थ्यको कामना ।’
बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले नेकपाका नेताहरूलाई माओवादीमा धु्रवीकरणका लागि प्रस्ताव गरेको बताएका थिए । नेकपाभित्र बाँस्तोला र हेमन्तप्रकाश ओली स्थानीय तहको चुनाव बहिष्कार गर्नुपर्ने लबिङ गरिरहेका छन् ।