
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ वर्ष २०७९ प्रारम्भसँगै राजनीतिक दलबीच समन्वय र समझदारी कायम हुने बताएका छन् ।
प्रदेश प्रमुख शेरचनले राजनीतिक दलबीच राजनीतिक स्थिरता र स्थायित्व कायम होस् भन्ने जनताको चाहना सहितको समृद्धिको यात्रामा अगाडि बढाउन नयाँ वर्षमा समझदारी कायम हुने विश्वास व्यक्त गरे ।
नयाँ वर्ष २०७९ को अवसरमा प्रदेश प्रमुख शेरचनले बिहीवार जारी गरेको शुभकामना सन्देशमा मुलुकको अग्रगामी निकासका लागि सबै राजनैतिक दलकाबीच दृढ संकल्प आवश्यक रहेको उल्लेख गरे ।
आउँदो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले देशलाई नयाँ ढंग र अग्रगामी प्रगतिशील सोचबाट जनतालाई अनुभूति हुने गरी कार्यसम्पादन गर्ने समेत उनले विश्वास व्यक्त गरे । विधि नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कारको विकासमा अभिप्रेरित हँुदै विधिलाई लोकतान्त्रिक पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास भइरहेको उनले उल्लेख गरे ।