१० साउन २०८३, आइतबार

बार्सिलोना युरोपा लिगबाट बाहिरियो

बैशाख २, २०७९
बार्सिलोना युरोपा लिगबाट बाहिरियो

स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । 

बिहीवार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग ३-२ ले पराजित भएपछि बार्सिलोना समग्रमा ४-३ ले पराजित हुँदै बाहिरिएको हो ।

यसअघि पहिलो लेगमा बार्सिलोनाले फ्रान्कफुर्टसँग १-१ गोलको बराबरी खेलेको थियो । तर, घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले हार व्यहोर्यो ।

अब फ्रान्कफुर्टले सेमिफाइनलमा वेस्ट ह्यामको सामना गर्नेछ ।

वेस्ट ह्यामले फ्रेन्च क्लब लियोनलाई समग्रमा ४-१ ले पाखा लगायो ।

अर्को सेमिफाइनलमा आरबी लाइपजिग र रेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ

salt training

कमेन्ट गर्नुहोस्