
स्थानीय तहको निर्वाचनलाई लिएर नेपाली काँग्रेस सल्यानमा विवाद भएको छ ।
सभापति केशबहादुर विष्टले विधानबाहिर गएर निर्वाचनका लागि संसदीय समिति गठन गर्दै केन्द्रमा प्रतिवेदन पेस गरेको भन्दै असन्तुष्ट पदाधिकारीहरूले विरोध जनाएका छन् ।
संसदीय समिति गठन र स्थानीय तहको प्रतिवेदन केन्द्रमा पठाएको विषयलाई लिएर सभापति र अन्य पदाधिकारी दुई समूहमा बाँडिएका छन् ।
स्थानीय निर्वाचनको सम्पूर्ण जिम्मेवारी पाएका सभापति विष्टले बैठक नबसाई र संसदीय समिति गठन नगरी आफूखुसी निर्णय गरेकाले विवाद सार्वजनिक भएको हो ।
उपसभापति सन्तोष केसीले सभापतिले आफूहरूलाई दासको जस्तो व्यवहार गरेको आरोप लगाए ।
उनले भने, “वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा क्षमताअनुसार सबैलाई अवसर दिनुपर्छ भन्ने हाम्रो माग थियो तर सभापतिले आफूलाई फाइदा हुने खालका मात्र काम गरे ।” गोरखापत्र दैनिकमा खबर छ ।