०५ साउन २०८३, मंगलबार

आईपीएलमा आज सनराइजर्स र कोलकत्ता भिड्दै

बैशाख २, २०७९
आईपीएलमा आज सनराइजर्स र कोलकत्ता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शुक्रवार एक खेल हुँदैछ ।

मुम्बईमा हुने खेलमा सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे शुरू हुनेछ।

कोलकत्ता आज चौंथो जितको खोजीमा रहेको छ । कोलकत्ता ५ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । कोलकत्ता आज हैदरावादलाई हराएर शीर्ष स्थान उक्लन चाहन्छ ।

हैदरावाद तेस्रो जित निकाल्ने योजनामा रहेको छ । हैदरावादले ४ खेलमा ४ अंक जोडेको छ ।

आठौं स्थानमा रहेको हैदरावाद जित निकाल्दै अंक तालिका सुधार्ने योजनामा रहेको छ ।

दुई टोलीबीचको पछिल्लो भेटमा कोलकत्ता बलियो देखिएको छ । कोलकत्ताले  पछिल्लो पाँच भेटमा ३ खेल जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्