२७ जेठ २०८३, बुधबार

अमेरिकाले बेलायतको लाकेनहेथमा आणविक हतियार राख्ने

बैशाख २, २०७९
अमेरिकाले बेलायतको लाकेनहेथमा आणविक हतियार राख्ने

अमेरिकाले बेलायतमा आणविक हतियार राख्ने भएको छ । 

चौध वर्षअघि बेलायतले बी६१ बम राखेको थियो भने अहिले आएर फेरि उसले आणविक हतियार राख्न लागेको हो । 

अमेरिकाको रक्षा मन्त्रालयले प्रकाशन गरेको दस्तावेजमा नेटो सदस्य मुलुकहरूको आणविक हतियार केन्द्रको स्तरोन्नति गर्ने उल्लेख छ । नेटो सदस्य बेलायतले लाकेनहेथ गाउँमा पहिले पनि आणविक हतियार राखिएको थियो र अहिले पनि राख्न लागिएको हो । 

‘नेटोले विशेष हतियार सुरक्षित स्थानमा राख्ने संरचना निर्माणमा लगानी गर्नेछ । बेल्जियम, जर्मनी, इटली, नेदरल्यान्ड्स, बेलायत र टर्कीका आणविक हतियार भण्डारको स्तरोन्नति गर्नका लागि नेटोले ३८.४ करोड डलर लगानी गरेको छ,’ दस्तावेजमा उल्लेख गरिएको छ । 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि नेटोलाई समेत अनेकौं चेतावनी दिइरहेको बेलामा अमेरिकाले युरोपमा आणविक हतियार तैनाथीको निर्णय लिएको हो । बिहीवार मात्र रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले स्विडेन र फिनल्यान्ड नेटोमा जोडिएमा रुसले बाल्टिक क्षेत्रमा आणविक हतियार राख्न सक्ने बताएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्