×

NMB BANK
NIC ASIA

लागूऔषध र मोबाइलले निम्त्याएको वीभत्स हत्या : भारत पुगेर आफूलाई पक्रिन चुनौती !

बैशाख २, २०७९

NTC
Premier Steels

लागूऔषध सेवन गरी चिनजानकै व्यक्तिको वीभत्स हत्या गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

Muktinath Bank

उनीहरूमाथि २०७८ पुस ३ गते कैलालीको जानकी गाउँपालिका– ९ को अमरावती सामुदायिक जंगलमा सोही गाउँपालिकाका २५ वर्षीय अर्जुनकुमार दासलाई रुखमा बाँधेर घाँटी रेटी हत्या गरेको आरोप छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशाखाले हत्यामा संलग्न भएको आरोपमा जानकी गाउँपालिका– ९ का १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बमबहादुर बोहोरा, १९ वर्षीय रानी परियार भन्ने दिलिप दास र १९ वर्षकै मनोज भण्डारीलाई पक्राउ गरी आज (शुक्रवार) सार्वजनिक गरेको छ । 


Advertisment
Nabil box
Kumari

हत्या गरेर भारत फरार भएका उनीहरूलाई भैरहवास्थित बेलहिया नाकाको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Vianet communication

महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार उनीहरू हत्यापछि रुपैडिहा नाका हुँदै भारतको कोलकत्ता, मुम्बइ, सिम्ला, पञ्जाब लगायतका स्थानमा पुगेको खुलेको छ ।

उनीहरूले मुम्बइबाट सामाजिक सञ्जालमा भिडियो समेत अपलोड गरेर आफूहरूलाई कसैले समाउन नसक्ने दाबी गरेका थिए ।

महाशाखाले उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागि कैलाली पठाएको छ ।

के थियो घटना ? 

पुस १ गते युवतीसँग यौन गतिविधि गरिरहेको अवस्थामा युवतीका बुवाले देखेपछि कमल साउद नांगै भागेका थिए ।

उनलाई सुमित दासले कपडा दिएर सहयोग गरे । त्यो दिन त्यहाँबाट कमलको घरमा गएर दुवैजना सुते । सोही दिन कमलको मोबाइल हरायो ।

प्रहरी अनुसन्धानमा खुले अनुसार कमलले चोर दोष लगाउँदै सुमितलाई कुटपिट गरे ।

त्यही बीचमा मनोज भण्डारी र बमबहादुर बोहोराले कमलसँग भएको २५ हजार रुपैयाँ बराबरको ‘नाइट्राभेट–१०’ लागूऔषध ट्याबलेट चोरेर जंगलमा लुकाए ।

तर त्यो मोबाइल अर्जुन दासले चोरेर हर्के भाटलाई बिक्री गरेको कुरा सुमितले थाहा पाएपछि घटनाले अर्को मोड लियो । 

उनले मोबाइल फिर्ता ल्याएर कमललाई थिए । 

त्यसपछि उनीहरूले अर्जुनले मोबाइल चोर्दा हामीले दोष पाउनुपर्‍यो भन्दै उसलाई कुटपिट गर्ने योजना बनाए ।

अर्जुनलाई कुट्न मनोज भण्डारी, सुमित साउद, बमबहादुर बोहोरा, सुशील मयाल, दिलिप दास, बादल विक र करण दर्नालले योजना बनाएका थिए ।

पुस २ गते उनीहरूले लागूऔषध सेवनको बहानामा अर्जुनलाई जंगलमा बोलाए । सबैजनाले लागूऔषध सेवन गरेपछि आफूहरूले अनाहकमा कुटाइ खाएको र आरोप खेप्नुपरेको भन्दै अर्जुनलाई उनैले लगाएको बेल्ट र गञ्जी फुकालेर रुखमा बाँधे ।

रुखमा बाँधेपछि उनीहरू पुनः लागूऔषध सेवन गर्न थाले । ५ घण्टा रूखमा बाँधेपछि उनीहरू अर्जुनको हत्या गर्ने मनस्थितिमा पुगेको देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

हत्याका लागि खुकुरी सुशील मयालले आफ्नो घरबाट ल्याइदिएका थिए । राति ११ बजे मनोज भण्डारी लगायतले अर्जुनको टाउको छिनाएर २ फिट पर लगेर फालेको प्रहरीले जनाएको छ ।

उनीहरूले सो रात जंगलमै बिताएको र बिहान भएपछि भारततर्फ भागेको अनुसन्धानमा खुलेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x