×

NMB BANK
NIC ASIA

सीके राउतको जनमत पार्टीले काठमाडौंमा पनि उम्मेदवारी दिने, एमालेसँग तालमेलको चर्चामा सत्यता छ ?

बैशाख २, २०७९

NTC
फाइल फोटो
Premier Steels

सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं उपत्यकासहित कुल २६ वटा जिल्लामा उम्मेदवारी दिने भएको छ ।

Muktinath Bank

जनमत पार्टीका महासचिव चन्दन सिंहले तराई-मधेशबाहेक काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुर तथा चितवन, मकवानपुर र उदयपुरमा समेत उम्मेदवारी दिने तयारी भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'कोर मधेशका २० जिल्लाबाहेक काठमाडौं उपत्यका, चितवन, हेटौंडा र उदयपुरमा पनि हामी आफ्नो उम्मेदवारी दर्ता गराउँछौं,' सिंहले लोकान्तरसँग भने।


Advertisment
Nabil box
Kumari

अहिलेसम्म पार्टी एक्लै चुनाव लड्ने कुरा भए पनि आवश्यकता अनुसार तालमेल हुनसक्ने उनले खुलाए ।

Vianet communication

'अहिलेसम्म हामी एक्लै चुनाव लड्ने भनेका छौं,' सिंहले भने, 'विभिन्न पार्टीहरूले तालमेलका लागि हामीसँग एप्रोच गर्नु भएको छ। तर अहिले कसैसँग तालमेल नगर्ने पक्षमा हामी छौं।'

आगामी दिनमा आवश्यकता हेरेर अन्य राजनीतिक दलसँग तालमेल हुनसक्ने उनको भनाइ छ ।​

एमालेसँग जनमतको तालमेल हुन्छ त ?

२०७५ साल फागुन २४ गते केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको १४ बुँदे सहमतिमार्फत सीके राउत मूलधारको राजनीतिमा आएका थिए । त्यसपछि स्वतन्त्र मधेश गठबन्धनलाई जनमत पार्टीमा रूपान्तरण गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राउतलाई मूलधारमा ल्याएको हुनाले एमालेसँग जनमत पार्टीको तालमेल हुनसक्ने चर्चा छ । यद्यपि त्यस विषयमा ती दुई पार्टीले आधिकारिक रूपमा केही कुरा सार्वजनिक गरेका छैनन् ।

केही राजनीतिक दलहरूले तालमेलका लागि एप्रोच गरेको भए पनि कसैसँग त्यसअनुसार सहमति नभएको सिंहले खुलाए । कुन–कुन राजनीतिक दलसँग कुराकानी भयो वा भइरहेको छ त्यस विषयमा समेत उनले केही खुलाउन चाहेनन्।

नेकपा एमालेका सचिव रघुवीर महासेठले भने जनमत पार्टीसँग तत्काल तालमेलको सम्भावना नरहेको बताए ।

'संविधानबाहिर गएर देशलाई विखण्डन गर्ने बाटोमा लागेका सीके राउतलाई हाम्रो पार्टीको नेतृत्वको सरकारले वार्ता गरी मूलधारमा ल्याएकै हो,' एमाले स्थायी कमिटी सदस्य समेत रहेका महासेठले थपे, 'सहमतिअनुसार उहाँ मूलधारको राजनीतिमा आउनुभयो, त्यो स्वागतयोग्य कुरा हो । तर उहाँसँग एमालेले तालमेल गर्ने कुनै सम्भावना छैन।'

राजनीतिमा असम्भव भन्ने चिज केही नभए पनि तत्काल जनमत पार्टीसँग तालमेल नहुने बताए ।

'अहिलेसम्म न त हाम्रो पार्टीको तर्फबाट जनमत पार्टीसँग तालमेलका लागि पहल गरिएको छ, न त जनमत पार्टीबाट नै हामीकहाँ प्रस्ताव आएको छ,' महासेठले थपे, 'त्यसैले अब तत्काल नै जनमत पार्टीसँग तालमेल हुने सम्भावना छैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x