२४ जेठ २०८३, आइतबार

प्रायोजित रुपमा मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ- कमल थापा

प्रायोजित रुपमा मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ- कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको प्रगतिलाई रोक्ने छेक्ने शक्ति असफल हुने बताएका छन् । 

शुक्रवार नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यदि कुनै शक्तिले त्यस्तो सपना देखेको छ भने त्यो दिवास्वप्न हुने बताएका हुन् । 

थापाले राप्रपा नेपालको मार्गचित्र नै सही र मुलुकको हितमा भएको समेत दाबी गरे । 

उनले मुलुकलाई दूरावस्थामा पुर्‍याउने भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र  कुशासनविरुद्ध युवाहरूले आवाज बुलन्द पार्नुपर्ने बताए ।

नियोजित र प्रायोजित रुपमा आफूमाथि चरित्र हत्या गर्ने प्रयास भइरहेको उनले बताए । सबै षड्यन्त्रलाई चिरेर अघि बढ्ने दृढता र साहस आफूसँग रहेको पनि उनले उल्लेख गरे । 

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पार्टी नेतृत्वमाथिको घेराबन्दी र षड्यन्त्रको भण्डाफोर गरिने बताए । 

कार्यक्रममा नेताहरू नगेन्द्र देउजा, लोकनाथ लामिछाने, कृष्ण घिमिरे, विशाल शर्मालगायतले बोलेका थिए । 

सो अवसरमा युवाहरूलाई अध्यक्ष थापाले पार्टी प्रवेश गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्