
बाँकेको टिकुलीपुरमा भीषण आगलागी हुँदा १२ घर जलेका छन् ।
राप्तीसोनारी गाउँपालिका–२, टीकुलीपुरमा एक घरबाट शुरू भएको आगो वस्तीभर फैलिएको थियो ।
दिउँसो साढे २ बजेबाट शुरू भएको आगलागी अहिले लगभग नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
क्षतिको विवरण संकलन थालिएको उनले बताए ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।