२३ जेठ २०८३, शनिबार

लनटेनिस टोली भारत जाँदै

लनटेनिस टोली भारत जाँदै

आईटीएफ वल्र्ड जुनियर टेनिस कम्पिटिसन (डब्लुजेटीसी) फाइनल क्वालिफाइङमा सहभागी हुन ३ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली लनटेनिस टोली शनिवार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ ।

वैशाख ५–१० गतेसम्म (अप्रिल १८–२३) हुने यू–१४ उमेर समूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा रामेश्वर थापा छन् ।

टीम स्पर्धामा खेल हुनेछ । २ सिंगल्स र १ डबल्समा खेल खेलाइने छ । गत फेब्रुअरी १४–१९ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रिक्वालिफाइङमा तेश्रो हुँदै नेपालले भारतको प्रतियोगितामा सहभागिताको अवसर पक्का गरेको थियो ।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोमा शुक्रवार एक कार्यक्रम बिदाइ गरिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्