
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप) ले पञ्जाबमा समेत सरकार बनाएपछि बिजुली निःशुल्क गर्ने घोषणा गरिएको छ ।
पञ्जाबका मुख्यमन्त्री भगवंत मानले सरकार सम्हालेको १ महिना पूरा भएको अवसरमा बिजुली निःशुल्क गर्ने घोषणा गरेका हुन् ।
पञ्जाब सरकारले आगामी १ जुलाइदेखि ३०० युनिटसम्म बिजुली निःशुल्क हुनेछ ।
यसअघि दिल्लीमा मुख्यमन्त्री केजरीवालले बिजुली, पानी निःशुल्क गर्दै केजरीवाल मोडलको छवि बनाएका छन् ।