२३ असार २०८३, मंगलबार

घाँस काट्न गएकी महिला मृत फेला

घाँस काट्न गएकी महिला मृत फेला

महोत्तरीको मनरासिस्वा नगरपालिका-३ स्थित वनमा शुक्रवार राति एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका-५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रवार साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।

राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा  कुनै  चोटपटक नदेखिएको जनाइएको छ ।

स्थानीयवासी तथा आफन्तले उनको मृत्यु सर्पदंश वा उच्च तथा अल्प रक्तसञ्चारका कारण भएको हुन सक्ने अनुमान लगाएका छन् ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्