×

NMB BANK
NIC ASIA

संगीत

यी हुन् २०७८ सालका हिट गीतहरू, प्रकाश सपूतलाई सर्वाधिक चर्चा

बैशाख ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विक्रम संवत् २०७८ सालमा कोरोना महामारीले चलचित्र क्षेत्र ठप्पप्रायः रहे पनि त्यसको तुलनामा सांगीतिक क्षेत्र कम प्रभावित रह्यो । मेला–महोत्सव एवं कन्सर्ट नभए पनि गीत रेकर्डिङ र छायांकनको माहोलले सांगीतिक क्षेत्रलाई वर्षैंभरजसो चलायमान बनायो ।

Muktinath Bank

म्युजिक भिडियोमा सामान्य अवस्थामा भन्दा धेरै लगानी भयो । चलचित्रमा व्यस्त हुने अभिनेता–अभिनेत्रीहरू धमाधम म्युजिक भिडियोमा देखिए । २०७८ सालमा एउटै गीतमा ३५ लाख रुपैयाँसम्म लगानी गरेर समेत म्युजिक भिडियो निर्माण गरियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लाखौं लगानी गरेर सयौंको संख्यामा म्युजिक भिडियो निर्माण भए पनि अधिकांश भिडियोमा गरिएको लगानी वालुवामा पानी खन्याएसरी भयो । यद्यपि केही गीतलाई भने स्रोता एवं दर्शकले निकै रुचाए । ती गीतले यूट्युबमा समेत राम्रो भ्युज पाए । यस्ता छन् २०७८ सालमा रुचाइएका गीतहरू –


Advertisment
Nabil box
Kumari

प्रकाश सपूतका गीत

Vianet communication
Laxmi Bank

२०७८ सालमा गायक प्रकाश सपूतले सार्वजनिक गरेका एकपछि अर्को फरक सिर्जनाले स्रोता एवं दर्शकको मन जित्यो । वर्षको शुरूतिर प्रकाशले सार्वजनिक गरेको ‘मेरो पनि हैन र यो देश’लाई स्रोता दर्शकले रुचाए । त्यसपछि तीजमा उनले सार्वजनिक गरेको ‘कुरा बुझ्न पर्च’ले पनि निकै चर्चा पायो । गीतले १५ दिनमा १ करोड भ्युज पाएर छोटो समयमै करोड क्लबमा प्रवेश गर्ने गीतको रेकर्ड समेत राखेको थियो । अहिले गीतको भ्युज २ करोड ८७ लाख बढी छ । 

प्रकाशले गत महिना सार्वजनिक गरेको गीत ‘पीर’ले सांगीतिक तप्कामा मात्र नभई राजनीतिक तप्कामा समेत हलचल नै मच्यायो । गीतले १ हप्ताको छोटो समयमै यूट्युबमा १ करोड भ्युज पायो । ‘पीर’ गीत विवादमा परेका कारण उनले सम्पादन गरेर पुनः अपलोड गरे । सम्पादित भिडियोले पनि ४८ लाख बढी भ्युज बटुलिसकेको छ । 

‘माया विरानी २– तातो गोली’

२०७८ सालको वैशाखमा सार्वजनिक भएको थियो ‘माया विरानी २– तातो गोली’ । महेश काफ्लेको शब्द, संगीत एवं महेश र मेलिना राईको स्वर रहेको गीत वर्षको सबैभन्दा बढी भ्युज पाउने गीत हो । रियल जोडी अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काका साथमा पुष्कर गुरुङ र गायक महेश स्वयम्को अभिनय रहेको भिडियोलाई हालसम्म ४ करोड ८० लाख बढीले हेरिसकेका छन् । 

विष्णु माझीको ‘चरी जेलैमा’

गायक प्रकाश सपूतले ‘कुरा बुझ्न पर्च’ गीत सार्वजनिक गरेको केही दिनपछि सार्वजनिक भएको तीज गीत थियो ‘चरी जेलैमा’ । गुमनाम जीवन बाँचिरहेकी गायिका विष्णु माझीको स्वर रहेको गीत सार्वजनिक भएसँगै निकै चर्चित बन्न पुगेको थियो । 

छोटो समयमै टिकटकमा समेत गीत छाउँदै यूट्युबमा निकै राम्रो भ्युज पाउँदै गयो । अन्ततः गीतले प्रकाश सपूतको १५ दिनको रेकर्डलाई तोड्दै १३ दिनमै यूट्युबमा १ करोड भ्युज प्राप्त गरेको थियो । गीतको भिडियोलाई हालसम्म ३ करोड ४५ लाख बढीले हेरेका छन् । 

बिस्तारै हिट भयो ‘डाँडाघरे साइँली’

२०७८ सालको अर्को हिट गीत हो ‘डाँडाघरे साइली’ । आधुनिक गायक स्वरूपराज आचार्यले स्वर दिएको पहिलो लोकदोहोरी गीत हो यो । गायिका लक्ष्मी मल्लसँग स्वरूपराजले गाएको गीतको चर्चा शुरूका दिनमा त्यति थिएन तर जब टिकटकमा छाउँदै सांगीतिक कार्यक्रममा गीत घन्किन थाल्यो, त्यसपछि भने गीतको चर्चा बढ्दै गयो । ग्रामीण परिवेशमा मौलिकतालाई ध्यान दिएर निर्माण गरिएको गीतको भिडियोमा प्रकाश सपूत, करिश्मा ढकाल, शिल्पा पोखरेल, संगीतकार श्रीकृष्ण बम मल्लको अभिनय छ । गीतले यूट्युबमा हालसम्म ३ करोड १५ लाख बढी भ्युज पाएको छ । 

दिनेशको ‘कालो केशमा रेलिमई’

२०७८ सालको मध्यतिर सार्वजनिक गीत ‘कालो केशमा रेलिमई’लाई पनि स्रोता एवं दर्शकले निकै रुचाए । दिनेश ढकालको शब्द, संगीत र स्वरमा सार्वजनिक पहिलो गीत थियो यो । गीतको चर्चा सार्वजनिक भएको केही दिनसम्म भने खासै थिएन् । यद्यपि गीतमा टिकटक बनाउनेहरू बढ्दै गएपछि गीतले एकाएक चर्चा बटुल्दै गएको थियो ।

बिस्तारै भिडियोले पनि राम्रो भ्युज पाउँदै गयो । विशेषगरी युवापुस्ताले यो गीतलाई निकै रुचाए । अहिलेसम्म यो गीतको भिडियोले १ करोड २५ लाख बढी भ्युज बटुलेको छ । 

प्रकाश दूतराजका ‘जाम भो माइली’, ‘घर कता हो बैनीको’

२०७८ सालमा गायक प्रकाश दूतराजले २ वटा हिट गीत दिए । पहिलो – ‘घर कता हो बैनीको’ । दोस्रो – ‘जाम भो माइली’ । प्रकाश दूतराजले आफ्नै शब्द, संगीत एवं आफू र गायिका शान्तिश्री परियारसँगको स्वरमा वर्षको शुरूआतमा यो गीत सार्वजनिक गरेका थिए । मौसम हिमालीको निर्देशनमा बनेको यसको भिडियोमा प्रकाशसँगै विजय पुन, जुना सुन्दास, आयुष्मा कार्कीको अभिनय छ । यो गीतको भिडियोले यूट्युबमा हालसम्म १ करोड ९१ लाख बढी भ्युज पाइसकेको छ ।

प्रकाशले वर्षको मध्यतिर सार्वजनिक गरेका थिए, ‘जाम भो माइली’ । आफ्नै शब्द, संगीत रहेको यो गीत पनि प्रकाशले गायिका शान्तिश्री परियारसँगै गाएका छन् । मौसम हिमालीको कथा एवं निर्देशनमा गायक प्रकाश दूतराज, मोडल रोशनी कार्की र निक शर्माको अभिनय रहेको गीतले हालसम्म १ करोड ३४ लाख बढी भ्युज पाएको छ । यो गीत पनि टिकटकमा समेत निकै हिट भएको थियो । 

खेम र अस्मिताको स्वरमा रहेको ‘रम रम मरौटी’

खेम सेञ्चुरी र अस्मिता अधिकारीको स्वर रहेको ‘रम रम मरौटी’ २०७८ सालको अर्को सर्वाधिक हिट गीत हो । नेत्र अर्यालको शब्द, खेमकै संगीत रहेको गीत पनि वर्षको मध्यतिर सार्वजनिक भएको थियो । सार्वजनिक भएसँगै गीत टिकटकमा निकै लोकप्रिय भएको थियो । बिस्तारै यूट्युबमा समेत गीतले भ्युज बढाउँदै लग्यो । अभिनेत्री पूजा शर्मा र मोडल ओबी रायमाझीको अभिनय रहेको भिडियोले हालसम्म २ करोड ६७ लाख बढी भ्युज पाएको छ । 

‘भिटेन’ र ‘जी–बब’का गीत

२०७८ सालमा भिटेनका नामले परिचित र्‍यापर समीर घिसिङ र जी–बबका नामले परिचित सुदीप भण्डारीको र्‍याप गीतले स्रोतामाझ छुट्टै चर्चा पाए । भिटेनले ५ महिनाअघि मात्रै सार्वजनिक गरेको ‘गल्ली सडक’ शीर्षकको गीतले यूट्युबमा करोड भ्युज पाइसकेको छ । यता, जी–बबका नामले परिचित सुदीप भण्डारीको र्‍याप ब्याटलले उत्तिकै चर्चा पायो । जी–बबको ‘मिललेन लेबल तेरो बाउ बोला ए’ यतिबेला पनि चर्चामा छ । सुशान्त केसी र साजनराज वैद्यका गीतहरू पनि स्रोताले रुचाए । उनीहरूका गीतले पनि यूट्युबमा राम्रो भ्युज पाएका छन् । 

‘धोकेवाज हौ तिमी’, ‘तिमीले चुमेका हातहरू’, निकिता थापाको स्वर रहेको ‘तिम्रो मनमा ए कान्छा’, ‘आँखामा आउने सपनी’, ‘को होला त्यो’, ‘धनगढीको बसमा’, ‘सम्झिनी पानी छम्किनी’, ‘सोल्टी राजाको टुम्लेट’, ‘मन परेको मान्छे’, ‘जलजला’, ‘नोगेन’, ‘म त पर्खेको पर्खेइ छु’, ‘सराङकोटको डाँडैमा’ जस्ता गीतहरू पनि २०७८ सालका स्रोता/दर्शकले रुचाएका गीत हुन् । वर्षको अन्त्यतिर सार्वजनिक ‘झम्के साँझ’, ‘घुमीघुमी’ जस्ता गीतहरूले पनि यतिबेला स्रोता एवं दर्शकको मन जित्दै यूट्युबमा राम्रो भ्युज पाइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x