
पछिल्लो २४ घण्टामा ९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ४३ जनामा कोरोना परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको हो । यसअघि सबभन्दा कम चार जनामा सङ्क्रमण देखिएको थियो ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४०० छ । २४ घण्टामा ४४ जना कोरोनामुक्त भएका छन् ।
यससँगै निको हुनेको सङ्ख्या ९ लाख ६६ हजार ३०३ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।
शून्य सङ्क्रमित भएको १७ जिल्ला पुगेका छन् । मन्त्रालयका अनुसार त्यसमा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वनवलपरासी, पूर्वरुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् ।
हाल होमआइसोलेशनमा ३८२, संस्थागत आइसोलेशनमा १८, आईसीयूमा ९ र भेन्टिलेटरमा एक जनाको उपचार हुँदैछ । २४ घण्टामा ३० हजार ८८९ जनाले खोप लगाएका छन् ।