×

NIC ASIA

कांग्रेस बैठक

चुनावी तालमेलको स्थानीय निर्णयमा केन्द्रले हस्तक्षेप नगर्ने, ४ महानगरको मेयर पाउनुपर्ने कांग्रेसको दाबी

बैशाख ३, २०७९

Prabhu Bank
NTC
Premier Steels

स्थानीय तहको निर्वाचनमा पाँच दलीय तालमेल गर्दा स्थानीय मतभार र राजनीतिक अवस्था हेरेर तल्लो तहका समितिलाई नै निर्णय गर्न दिनेबारे कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा छलफल भएको छ ।

Muktinath Bank

शनिबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा चुनावी तालमेलका क्रममा उपमहानगरपालिका र महानगरपालिकामा सिट बाँडफाँटबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा स्थानीय तहमा तालमेल गर्दा स्थानीय समितिले गरेको निर्णयलाई मान्यता दिने र केन्द्रबाट दबाब नदिनेबारे छलफल भएको नेता गोपालमान श्रेष्ठले बताए । 


Advertisment
Nabil box
Kumari

‘चुनावमा पाँच दलीय गठबन्धनसँग तालमेल गरेर जानुपर्छ भन्नेमा सबैको समान धारणा थियो । तर, स्थानीय आवश्यकताको आधारमा त्यहीँको समितिले गरेको निर्णयलाई मान्नुपर्छ भन्ने कुरा उठेको छ,’ श्रेष्ठले भने, ‘अघिल्लो चुनावमा पनि कांग्रेसभित्रकै नेताहरुका कारण कतिपय ठाउँमा तालमेल नगर्दा बिग्रिएको थियो । अहिले त्यस्तो गल्ती दोहोर्‍याउन हुँदैन भन्ने कुरा भएको छ ।’

Vianet communication

बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका ३७ जना सदस्यमध्ये ३१ जनाले बोलेका थिए ।

कांग्रेसको बैठकमा देशभरका ६ वटा महानगरपालिकामध्ये कांग्रेसले ४ वटा महानगरपालिकामा नेतृत्व पाउनुपर्ने बारेमा छलफल भएको थियो ।

विराटनगर र ललितपुर महानगरपालिका यसअघि कांग्रेसले जितेको र त्यसबाहेक काठमाडौं र पोखरा महानगरपालिकामा मेयर कांग्रेसले पाउने गरी गठबन्धनमा दाबी गर्न बैठकमा सुझाव आएको श्रेष्ठले बताए । 

‘विराटनगर र ललितपुर महानगरपालिका हामीले जितेको ठाउँ हो । त्यसबाहेक काठमाडौं र पोखरामा कांग्रेसको मेयर उम्मेदवार हुने र उपमेयर अरू पार्टीलाई दिने गरी गठबन्धनमा छलफल गर्न सुझाव आएको छ,’ श्रेष्ठले भने ।

कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा भने दाबी नगर्ने भएको छ । यसअघि पाँच राजनीतिक दलको गठबन्धन बैठकमा २०७४ को चुनावमा जितेको स्थानीय तहको प्रमुखमा सोही दलको उम्मेदवार हुने सहमति भइसकेको छ । 

आगामी चुनावमा पनि कांग्रेसको प्रतिस्पर्धा एमालेसँगै हुने र गठबन्धनका दलहरु एकमत भएर जाँदा जित्ने अवस्था हुने भएकाले तालमेलमा ध्यान दिन बैठकमा सुझाव आएको श्रेष्ठले बताए । 

देशभरका ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको सिट बाँडफाँटको लागि पहिले पाँच राजनीतिक दलको संयन्त्रमा छलफल गर्ने र त्यहाँ कुन-कुन सिट पाउने भन्ने टुंगो लागेपछि फेरि कार्य सम्पादन समितिको बैठक बसेर कांग्रेसको उम्मेदवारबारे छलफल गर्ने निर्णय भएको नेता बलबहादुर केसीले जानकारी दिए । 

चुनावी तालमेलका क्रममा कांग्रेसलाई फाइदा हुने गरी गठबन्धनमा छलफल गर्ने र सबै नेताले जिम्मेवारी बोध गरी गठबन्धनलाई तार्किक निष्कर्षमा पुर्‍याउन पहल गर्ने बारे बैठकमा छलफल भएको नेता एनपी साउदले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x