२३ असार २०८३, मंगलबार

ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

बाँकेको कोहलपुरमा आज दिउँसो ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ स्थित रत्नराजमार्गमा पर्ने सालको बुटानजिक भे२त ९३९ नंको ट्र्याक्टरले भे७प ५४४६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–४ निवासी ४० वर्र्षीय रेशम डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

उहाँका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३२ वर्र्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । मोटरसाइकललाई उछिनेर अगाडि बढ्ने क्रममा ट्र्याक्टरले ठक्कर दिएको थियो । ट्र्याक्टर र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । 

salt training

कमेन्ट गर्नुहोस्