
साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (शुक्रवार) पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।