०५ साउन २०८३, मंगलबार

पाकिस्तानको आक्रमणमा परी मारिए ४१ अफगान नागरिक, तालिबानले दियो चेतावनी

बैशाख ४, २०७९
पाकिस्तानको आक्रमणमा परी मारिए ४१ अफगान नागरिक, तालिबानले दियो चेतावनी

पाकिस्तान र तालिबानबीचको तनाव बढ्न थालेको छ । 

खैबर पख्तुनख्वामा भइरहेका आतंकवादी आक्रमणमा आफ्ना जवान मारिएपछि त्यसको बदला लिनका लागि पाकिस्तानले अफगानिस्तानमा बम बर्साएको बताइएको छ । 

उक्त कारवाहीमा ४१ अफगान नागरिकको मृत्यु भएको अनि पाकिस्तानी सेना र तालिबानी बलहरूबीच झडप भएको पनि खबर छ । 

शनिवार तालिबानले पाकिस्तानलाई चेतावनी दिँदै यस क्रूर घटनाबाट पाकिस्तान र अफगानिस्तानको शत्रुता बढ्ने बताएको छ । 

तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्न पाकिस्तानलाई अपील गरेका छन् । युद्ध शुरू भएमा कसैको पनि हितमा नहुने र क्षेत्रीय अस्थिरता उत्पन्न हुने उनले बताए । 

शनिवार सयौं अफगान नागरिक खोस्तको सडकमा आएर पाकिस्तानविरोधी नारा लगाए । 

पाकिस्तानले आफ्नो भूमिमा आतंकवादीहरूले अफगान भूमिबाट आक्रमण गरिरहेको बताएको छ । तर तालिबानले आतंकवादीहरूलाई शरण दिएको कुरालाई अस्वीकार गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्