
स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घाइते ११ जनामध्ये ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेतले जनाकारी दिए ।
वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कमा आइतवार बिहान जीप दुर्घटना भएको हो ।
‘गम्भिर घाइतेलाई अस्पताल पठाएका छौं । उनीहरूको अवस्था आइसकेको छैन,’ एसपी बस्नेतले लोकान्तरसँग भने ।