१० साउन २०८३, आइतबार

गभर्नरमाथिको कारबाही प्रक्रिया फिर्ता लिन माग गर्दै राष्ट्र बैंकका कर्मचारी आन्दोलित

गभर्नरमाथिको कारबाही प्रक्रिया फिर्ता लिन माग गर्दै राष्ट्र बैंकका कर्मचारी आन्दोलित

गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारीहरू आन्दोलित भएका छन् । 

आन्दोलनस्वरुप उनीहरूले केन्द्रीय कार्यालय बालुवाटारमा कालो ब्यानर झुन्ड्याएका छन् । 

साथै उपत्यकाबाहिरका सम्पूर्ण कार्यालयहरूमा पनि एकसाथ कालो ब्यानर झुन्ड्याइएको नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले जानकारी दिएको छ । 

ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नांगो हस्तक्षेप बन्द गर, निराधार तथा कपोकल्पित आरोपमा गभर्नरमाथि शुरू भएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर, अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ लगायतका नारा लेखिएको छ । 

कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले जबजब राज्य सञ्चालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरूको चंगुलमा फस्ने गर्छन् तबतब नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्