२३ असार २०८३, मंगलबार

बहुमत नपुग्ने भएपछि संशोधनबाट पछि हट्यो सरकार, के भयो राजपासँगको बैठक ?

कात्तिक २०, २०७४
बहुमत नपुग्ने भएपछि संशोधनबाट पछि हट्यो सरकार, के भयो राजपासँगको बैठक ?


काठमाडौँ, २७ असार - प्रमुख राजनीतिक दलहरुले संविधान संशोधन प्रस्ताव पारित गर्न व्यवस्थापिका–संसदमा भएका सबै दलसँग आवश्यक छलफल गर्ने जनाएका छन् ।1499781345089_ROS_Ktm_110717_IMG_4866_Meeting

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताको बैठकले संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गर्ने सहमति गरेको हो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेपाललाई निर्वाचनमा सहभागी गराउनका लागि आवश्यक राजनीतिक वातावरण बनाउन थप पहल गर्ने सहमति भएको बताउनुभयो ।

संविधान संशोधनका लागि आवश्यक दुईतिहाई बहुमत पु¥याउन थप कोसिस गर्ने र सबै पार्टीसँग सबैले कुरा गरेर संशोधन प्रस्ताव पारित गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

राजपा नेपालले संविधान संशोधनसँगै जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या थप गर्नुपर्ने, तराई मधेस आन्दोलनमा निधन भएकालाई शहीद घोषणा गर्नुपर्ने, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता हुनुपर्ने, घाइतेलाई उपचार खर्च, क्षतिपूर्तिलगायतका माग गर्देै आएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठक सकारात्मक भएको जानकारी गराउँदै अब हुने सबै निर्वाचनमा राजपा नेपाललाई सहभागी गराउन आवश्यक वातावरण बनाउने विषयमा घनिभूत छलफल भएको बताउनुभयो ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले बैठकमा संविधान संशोधनलगायत आफ्ना मागका सम्बन्धमा सरकार गम्भीर रुपमा लागेको र केही दिन मै परिणाम आउने आश्वासन पाएको बताउनुभयो ।

नेता भण्डारीले संविधान संशोधन आफ्नो मुख्य माग भएकाले त्यसका लागि आवश्यक बहुमत पु¥याउने सम्बन्धमा आफूहरु पनि जिम्मेवार भएर लाग्ने उल्लेख गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा नेपालका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरुको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्