काठमाडौं, २८ असार - सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निर्वाचनमा तेस्रो स्थानमा सीमित भएपछि हारको कारण खोजी गर्न थालेको छ ।

पार्टीले अपेक्षा गरे अनुसारको नतिजा ल्याउन नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुको ५ कारण रहेको निष्कर्ष निकालेका छन् ।
गाउँ गाउँमा सिंहदरबार, उज्यालो नेपाल, आर्थिक बृद्धिदरलगायतका राम्रो काम गरेर पनि जनता समक्ष पुर्याउन नसक्नु हारको पहिलो कारण भएको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ, नेपाल समाचार पत्रले खबर छापेको छ ।
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो काम जनतासमक्ष पुर्याउन नसक्नु, पार्टी एकता भए पनि संगठन सुदृढ नुहुन, केन्द्रीय कार्यालयले हस्तक्षेपकारी भुमिका निर्वाच गर्न नसक्नु, एमालेले पैसा बाँड्दासमेत भण्डाफोर गर्न नसक्नु, प्रचारप्रसारमा पार्टी कमजोर हुनु नै निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेका छन् ।